+
Search

ताजा अपडेट +

पपुलर +

होटलको चौथो तलाबाट खस्दा शैक्षिक भ्रमणका लागि गएकी विद्यार्थीको मृत्यु

शब्द-यात्रा
२०८२ मंसिर १८, बिहीबार

चितवनको रत्ननगर–६ सौराहास्थित होटल पार्क साइटको चौथो तलाबाट खस्दा सिन्धुलीको कमलामाई नगरपालिका–६ निवासी शिद्धबाबा स्कुलमा अध्ययनरत १८ वर्षीया छात्रा स्नेहा पाख्रिनको मंगलबार राति मृत्यु भएको छ ।

मंगलबार राति ११ बजेतिर होटलको चौथो तलाबाट खसेर गम्भीर घाइते भएकी पाख्रिनलाई तत्कालै उद्धार गरी बकुलहर अस्पताल टाँडी पुगाइएको थियो ।

उपचारका क्रममा राति २३ः४५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । पाख्रिन शैक्षिक भ्रमणका लागि सौराहा पुगेकी थिइन् । प्रहरीले घटनाको सबै पक्ष स्पष्ट हुने गरी अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा