+
Search

ताजा अपडेट +

पपुलर +

रूपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

शब्द-यात्रा
२०८२ मंसिर २९, सोमबार

रूपन्देहीमा सोमबार बिहान सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

रूपन्देहीको भैरहवा–परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किदा ओमसतिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय राजु हरिजन र सोही ठाँउ बस्ने २३ वर्षीय रोहित यादवको मृत्यु भएको हो ।

आज बिहान करिब ६ बजे परासीबाट भैरहवातर्फ आउँदै गर्दा ग ११ प ८६२५ नम्बरको मोटरसाइकल रोकिरहेको एचआर ५५ डब्लु ०३१ नम्बरको भारतीय ट्रकमा ठोकिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा