+
Search

ताजा अपडेट +

पपुलर +

पानी बोक्ने मिनी ट्रक दुर्घटना हुँदा एकजना गम्भीर घाइते

शब्द-यात्रा
२०८२ पुष ९, बुधबार

गोरखामा बुधबार बिहान मिनी ट्रक दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

अबुवा सेरा सडक खण्डमा ग १ क २५३७ नम्बरको पानी बोक्ने मिनी ट्रक दुर्घटना हुँदा सहिद लखन गाउँपालिका १ लुदिखोलाका २१ वर्षीय कुशल विक घाइते भएका गोरखा प्रहरीले जनाएको छ ।

उनको अवस्था गम्भीर छ । उनलाई तत्कालै उद्धार गरी तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा