काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारा मन्दिरनजिकै टिपर र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको निधन भएको छ ।
बुधबार राति साढे १० बजे बागमती प्रदेश ०१–००६ ख ३४५४ नम्बर ट्रकले लु ५९ प ७०६४ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएपछि सडकमा बजारिएका मोटरसाइकलमा सवार दुई जनामध्ये एकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
मृत्यु हुनेमा अर्घाखाँची मालारानी गाउँपालिका–५ घर भई बसुन्धारा बस्ने २१ वर्षीय सागर खड्का छन् । त्यस्तै, सन्धिखर्क नगरपालिका घर भई हाल बालाजु हाइटमा बस्ने २२ वर्षीय लक्ष्मण राउत गम्भीर घाइते भएका छन् ।
प्रतिक्रिया