+
Search

ताजा अपडेट +

पपुलर +

बाजुरामा आगलागी हुँदा एउटा घर जलेर नष्ट

शब्द-यात्रा
२०८२ माघ ४, आइतबार

बाजुराको गौमुल गाउँपालिकामा आज बिहान ६ः०० बजे एक घरमा आगलागी हुँदा पूर्ण रूपमा नष्ट भएको छ ।

गौमुल–२ कुहुडा बस्ने ३० वर्षीय विष्णु रोकायाको घरमा विद्युत्को तार सट भई आगलागी हुँदा खरले छाएको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विद्युत्को तार सट भई आगलागी भएको खबरपछि इलाका प्रहरी कार्यालय घटमुनाबाट टोली खटिएको छ । खरले छाएको तीनतले घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडालगायत सामग्री जलेको छ । आगलागीबाट लाखौँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रहरी टोली घटनास्थल गएकाले क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा