+
Search

ताजा अपडेट +

पपुलर +

कञ्चनपुरमा अर्धनग्न अवस्थामा भेटियो २५ वर्षीया युवतीको शव

शब्द-यात्रा
२०८२ माघ १८, आइतबार

कञ्चनपुरको भीमदत्त नगरपालिका– १० तिल्केनीस्थित शान्ति सामुदायिक वनमा एक युवतीको शव भेटिएको छ ।

अर्धनग्न अवस्थामा वनभित्रको खोजानजिक अन्दाजी २५ वर्षकी युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख प्रहरी उपरीक्षक खडकबहादुर खत्रीले मृत फेला परेकी युवतीको सनाखत हुन नसकेको बताए । ‘शव सड्न लागेको अवस्थामा भेटिएको छ,’ प्रहरी उपरीक्षक खत्रीले भने, ‘१०–१५ दिनअघिको घटना हुनसक्छ ।’

प्रहरी उपरीक्षक खत्रीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । स्थानीयले युवतीको शरीरमा चोटपटक देखिएकोले घटना शंकास्पद भएको बताएका छन्

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा