+
Search

ताजा अपडेट +

पपुलर +

चोरी मुद्दाको फैसलापछि फरार रहेका प्रतिवादी पक्राउ

शब्द-यात्रा
२०८२ माघ २०, मंगलबार

काठमाडौँ । प्रहरीले चोरी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका– ३ बाट इलामको चुलाचुली गाउँपालिका– ५ घर भएका ५० वर्षीय भीमबहादुर विश्वकर्मा रसाइलीलाई आइतबार पक्राउ गरेको हो ।

रसाइली भक्तपुरको चाँगुनारायण नगरपालिका– ३ मा बसोबास गर्दै आएका थिए । जिल्ला अदालत काठमाडौँले ०७८ मंसिर २ गतेको फैसलामार्फत उनलाई ६ वर्ष कैद, एक लाख रुपैयाँ जरिवाना तथा दुई हजार चार सय रुपैयाँ क्षतिपूर्ति तिर्ने सजाय सुनाएको थियो । फैसलापछि उनी फरार रहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा