चन्द्रपुर (रौतहट) । रौतहटको इशनाथ नगरपालिका–४ मठियाटोलमा आज कारको ठक्करबाट बाटोमा खेलिरहेकी बालिकाको मृत्यु भएको छ।
बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिँदा इशनाथ–४ मठियाटोलकी चार वर्षीया अल्फा खातुनको मृत्यु भएको हो।
घाइते खातुनको उपचारका क्रममा गौर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए।
कारका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया