काठमाडौँ । डडेल्धुरामा आइतबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
अजयमेरु गाउँपालिका– २ स्थित चमडा–डडेल्धुरा पक्की सडकको चौडला मोडमा सुपप्र ०१–००२ त ७४२८ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
चमडाबाट डडेल्धुरातर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भएर सडकबाट डेढ सय मिटर तल खस्दा कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणी बस्ने वर्ष २० वर्षीय सन्दीप चौधरीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा कृष्णपुरकै २० वर्षीय जोन चौधरी, २३ वर्षीय उमेश राना र मुख र २० वर्षीय पुरन चौधरी घाइते छन् । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया