काठमाडौँ । भोजपुरको भोजपुर नगरपालिका ३ सेतीबगरमा निर्वाचनका लागि खटिएको नेपाली सेनाको टोली सवार बस दुर्घटना भएको छ ।
सदरमुकामस्थित नयाँ श्रीनाथ गणबाट गस्तीका लागि गुडेको बस भोजपुर नगरपालिका ३ को सेती बगरनजिक सडकबाट खसेको हो ।
दुर्घटनामा सेनाका २४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार श्रीनाथ गणको टोली सवार ना ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको हो । गम्भीर घाइते ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ । बसमा २६ जना सवार थिए ।
प्रतिक्रिया