काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–७ बिजौनास्थित सडकमा आज बिहान यात्रुवाहक बस दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार दुर्घटनामा परी २२ यात्रु घाइते भएका छन् ।
वीरगन्जबाट चितवनतर्फ गइरहेको बाप्र०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत्को पोलमा ठोक्किँदा बस दुर्घटना भएको हो ।
सबै घाइतेलाई उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया