+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचन विरोधी गतिविधि गर्ने ७६ जना पक्राउ

शब्द-यात्रा
२०८२ फागुन १९, मंगलबार

काठमाडौँ । आसन्न निर्वाचनविरुद्ध गतिविधि गर्ने ७६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयले निर्वाचन बिथोल्न सक्रिय समूहको गतिविधिमाथि निगरानी र विश्लेषण गर्न निर्वाचन सुरक्षा तथा विश्लेषण महाशाखा बनाएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसहित ६ वटा समूह अहिले निर्वाचन बिथोल्न सक्रिय रहेको प्रहरीको विश्लेषण छ ।

प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिन थालेपछि १४२ जना पक्राउ परे पनि अदालतको आदेशले ६६ जना छुटेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा