काठमाडौँ । देशका विभिन्न क्षेत्रबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् ।
काठमाडौँ, सुनसरी, चितवन, सप्तरी, बर्दिया, कैलाली र पर्साबाट अवैध लागुऔषधसहित १४ जना पक्राउ परेका हुन् ।
प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई, चितवनको भरतपुर महानगरपालिका ३ कमलनगरको सब्जीमण्डबाट दुई, सप्तरीको तिरहुत गाउँपालिका २ बडहराबाट दुई, कञ्चनपुरको बेलौरी नगरपालिका १० सडकघाटबाट दुई तथा पर्साको वीरगज महानगरपालिका १४ गण्डक चोकबाट दुई जना पक्राउ परेका छन् ।
त्यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका २० तरहराबाट, बर्दियाको बढैयाताल गाउँपालिका २ फुटाहबाट, गोदावरी नगरपालिका ११ गौडीबजारबाट र कैलालीको धनगढी उपमहानगरपालिका ८ धनगढीगाउँबाट एक–एकजना पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
पक्राउ परेका सबैलाई प्रहरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया