काठमाडौँ । मेची राजमार्गमा आज बिहान पुनः पहिरो खसेसँगै सडक अवरुद्ध भएको छ । पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको सडक आज पुनः अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आज बिहान खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको छ ।
यसअघि साँझ सुक्खा पहिरोका कारण अवरुद्ध भएको राजमार्ग राति १०ः५० बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको थियो । तर, आज बिहान फेरि पहिरो झरेपछि अवस्था जटिल बनेको हो ।
इलामको रोङ गाउँपालिका–४ बागखोरस्थित सडक मर्मत भइरहेको स्थानमा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको हो । सोही क्रममा इलामबाट झापातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक पुरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया