प्युठानको ऐरावती गाउँपालिका–१ छेडाघाटमा गएराति भएको आगलागीबाट आठवटा घर र १४ गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
वडाध्यक्ष अमर रेश्मी मगरका अनुसार स्थानीय ओमबहादुर रेश्मी मगर, मीनबहादुर रेश्मी मगर, गुमा रजाली, बलबहादुर रजाली, झबिन्द्र रजाली, धनबहादुर राना र डिला रजाली लगायतको घरगोठ जलेका हुन् ।
आगलागीबाट मानवीय क्षति भने भएको छैन । आगलागीबाट घरमा रहेको अन्नपात जलेर नष्ट भएको छ भने १२० भन्दा बढी पशुचौपाया मरेका छन् ।
गएराति साढे ११ बजेतिर खाली गोठबाट सल्किएको आगो नियन्त्रणबाहिर गएर बस्तीमा फैलिएको थियो । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
प्रतिक्रिया