+
Search

ताजा अपडेट +

पपुलर +

कञ्चनपुरमा आरक्षपीडितको अर्धनग्न प्रदर्शन, यस्ता छन् माग

शब्द-यात्रा
२०८३ बैशाख ९, बुधबार

कञ्चनपुरको शुक्लाफाँटा आरक्षपीडित जिल्ला संघर्ष समितिले छ बुँदे माग राख्दै आन्दोलन जारी राखेको छ ।

आरक्षपीडितहरूले पुनःस्थापनाको माग गर्दै आन्दोलन जारी राखेका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (पहिलेको आरक्ष) विस्तारका क्रममा विस्थापित भएकाहरू छ दिनदेखि आन्दोलनमा गरिरहेका हुन् ।

उनीहरूले आरक्षपीडितहरूलाई १० कट्टा जमिन उपलब्ध गराउनुपर्ने, २४ वर्षसम्मको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, आधारभूत कुराहरू निःशुल्क गर्नुपर्ने, आरक्षपीडितहरूको छुट्टै वडा घोषणा गर्नुपर्ने, आरक्षपीडितहरूलाई द्वन्दपीडित घोषणा गर्नुपर्ने र आयोग बनाउँदा आरक्षपीडितबाट अनिवार्य रूपले प्रतिनिधि राख्नुपर्ने माग राखेका छन् ।

सो क्रममा आज जिल्ला प्रशासन कार्यालयअगाडि अर्धनग्न प्रदर्शन र धर्ना गरिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा