४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई बिहीबार बिहान रोल्पा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सल्यान कालिमाटी गाउँपालिका ५ हात्तीदमार बस्ने ४४ वर्षीय धिरज भन्ने धनबहादुर कामी, कैलाली लम्कीचुहा गाउँपालिका २ बलचौर बस्ने २३ वर्षीय अनिल वादी नेपाली र २० वर्षीय सुनिल वादी रहेका छन् ।
उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया