+
Search

ताजा अपडेट +

पपुलर +

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

शब्द-यात्रा
२०८३ जेठ १७, आइतबार

काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ।

काठमाडौं महानगरपालिका ७ स्थित सडकमा बा १ प ८१८ नम्बरको बस र बा ७१ प ९७४१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक पाँचथर याङवरक गाउँपालिका ६ घर भएका २२ वर्षीय सुशन योङहाङको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका ८ बगुवास्थित सडकमा हेटौंडाबाट बगुवातर्फ जाँदै गरेको ना ६ ख ४०४२ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा चालक हेटौंडा उपमहानगरपालिका ३ बस्ने ३० वर्षीय दल बहादुर बर्तौलाको शनिबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ।

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ शानान्टारस्थित सडकमा बाप्र ०३ ००६ प ५५७६ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका ९ धर्मपथ बस्ने ६४ वर्षीय रामकृष्ण शाहीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

इलामको सूर्योदय नगरपालिका(४ खड्का गाउँस्थित सडकमा खड्का गाउँबाट बमजम डाँडातर्फ जाँदै गरेको प्र।१(०१(००१ ज ३५३२ नम्बर पिकअप अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका(४ बमजम डाँडा बस्ने ४५ वर्षीय बिलास राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको फिक्कल अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका पिकअपका सहचालक समेत २ जनाको श्रीनिधि अस्पताल फिक्कलमा उपचार भइरहेको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा