+
Search

ताजा अपडेट +

पपुलर +

आफ्नै भाउजुको हत्या गरेको अभियोगमा मोरङमा एक जना पक्राउ

शब्द-यात्रा
२०८३ असार २३, मंगलबार

मोरङ । आफ्नै भाउजुको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

आफ्नै भाउजु २० वर्षीय सीमा राजवंशीको हत्या गरेको अभियोगमा ग्रामथान गाउँपालिका–६ झोवाबनी बस्ने २१ वर्षीय सौचन खवासलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

सौचनले धारिलो हतियार खुकुरी प्रहार गर्दा सीमाको घटनास्थलमै मृत्यु भएको थियो । सौचनले खुकुरी प्रहार गर्दा घाइते भएका १ जनालाई थप उपचारको लागि बिराट टिचिङ अस्पताल विराटनगरमा पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा