+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास

शब्द-यात्रा
२०८३ साउन १७, आइतबार

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि एक युवालाई गोली प्रहार गरेर नियन्त्रणमा लिइएको छ ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– १३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी परिसरका अनुसार गएराति पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि तीन राउन्ड गोली प्रहार गरिएको थियो । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

उनी विभिन्न आपराधिक घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा