+
Search

ताजा अपडेट +

पपुलर +

विराटनगरसँग ९ रनले पराजित भयो जनकपुर बोल्टस

शब्द-यात्रा
२०८२ मंसिर ८, सोमबार

काठमाडौँ । विराटनगरले जनकपुर बोल्टसलाई जारी एनपीएलमा ९ रनले पराजित गरेको छ ।

विराटनगर किंग्सले निकै रोमान्चक खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै नेपाल प्रिमियर लिगमा अपराजित यात्रा कायम गरेको छ ।

जनकपुरले भने लगातार दोस्रो खेलमा हार बेहोरेको छ । विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पुरै २० ओभरमा खेल्दा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।

जनकपुरका लागि लफ्टी इतनले ४२ रन बनाए । विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । सूर्य तामाङले ३ विकेट लिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा