+
Search

ताजा अपडेट +

पपुलर +

सुदूरपश्चिम रोयल्सको अपराजित यात्राः लुम्बिनी लायन्स ७ विकेटले पराजित

शब्द-यात्रा
२०८२ मंसिर ११, बिहीबार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ७ विकेटले हराएको छ ।

खेलमा सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरको खेलमा १८.२ ओभरमा १ सय ४३ रनको लक्ष्य पूरा गरेको हो ।

पहिला ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४३ रनको लक्ष्य दिएको थियो । सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक्लो टोली हो । टोलीले यसअघिका ३ खेल नै जितेको छ । आजको खेल जितेर सुदूरपश्चिम प्ले अफको नजिक पुगेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा