+
Search

ताजा अपडेट +

पपुलर +

सुदूरपश्चिमको छ खेलको अपराजित यात्रामा ब्रेक, विराटनगरसँग छ विकेटले पराजित

शब्द-यात्रा
२०८२ मंसिर २०, शनिबार

काठमाडौँ । विराटनगर किंग्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गरेको छ ।

यससँगै सुदूरपश्चिम रोएल्सको ६ खेलको अपराजित यात्रा ब्रेक लागेको छ ।

सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाएर १५० रन बनाउँदै पूरा गरेको हो । जितपछि ७ खेलमा ५ जितबाट १० अंक जोडेको विराटनगर अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ र अब पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगै खेल्ने पक्का भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा