काठमाडौँ । कृषि विकास बैंक लिमिटेडको ५९ औँ वार्षिकोत्सवका अवसरमा बैंक व्यवस्थापन र बैंकमा क्रियाशील युनियनबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ ।
बैंक युनियन, कर्मचारी तथा व्यवस्थापनका बीचमा आपसी भ्रातृत्व, आत्मीयता र असल सम्बन्ध कायम हुने अपेक्षासहित माघ ३ गते आयोजना गरिएको मैत्रीपूर्ण फुटसल ४–४ को बराबरीमा सकिएको हो ।
खेलमा व्यवस्थापनको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, उप–महाप्रबन्धक र विभागीय प्रमुखहरूको उपस्थिति थियो । यता युनियनका तर्फबाट बैंकमा क्रियाशील युनियनका अध्यक्ष तथा प्रतिनिधि लगायको उपस्थित रहेको थियो ।
प्रतिक्रिया