काठमाडौँ । आईसीसी टी २० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दै छ।
नेपाल दोस्रो खेलमा जीत निकाल्ने लक्ष्यका साथ अहिले अभ्यासमा व्यस्त छ ।
नेपाल र इटालीको खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा बिहीबार दिउँसो ३ः१५ बजे सुरु हुँदै छ ।
नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएको थियो । इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल चार रनले हारेको हो । नेपालले २० ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा १८० रन बनाएको हो।



प्रतिक्रिया