काठमाडौँ । आईसीसी टी२० विश्वकप अन्तर्गत आज भारत र पाकिस्तानबीचको खेल हुँदै छ ।
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः१५ बजे खेल सुरु हुनेछ ।
खेल सुरु हुने समयमा वर्षाको सम्भावना १० प्रतिशत मात्र रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । यद्यपि, वर्षाले खेल बिथोलिन सक्ने आशङ्का गरिएको छ ।
यदि वर्षाका कारण खेल हुन नसकेमा दुवै टोलीले समान १–१ अङ्क बाँड्नेछन् ।
प्रतिक्रिया