+
Search

ताजा अपडेट +

पपुलर +

न्युजिल्याण्डमा सफल भयो ‘साम्बा’को घुँडाको शल्यक्रिया

शब्द-यात्रा
२०८२ चैत ११, बुधबार

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को घुँडाको शल्यक्रिया न्युजिल्याण्डको अकल्याण्डस्थित अस्पतालमा आज बिहान सम्पन्न भएको छ ।

साम्बाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत डाक्टर साइमन र उनको टोलीबाट सफलतापूर्वक घुँडाको शल्यक्रिया भएको जानकारी गराएकी छिन् ।

उनले लेखेकी छिन्– ‘खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेकै कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि त्यहाँकै सुझावअनुसार न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट मेरो शल्यक्रिया गरिएको छ, स्थिति सामान्य हुनेबितिक्कै रिह्याब एस्पेटारमा निरन्तरता दिने जानकारी सबैमा गर्दछु।’

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा