काठमाडौँ । विश्वकप लिग २ अन्तर्गत जारी एकदिवसीय शृंखलाको पहिलो खेलमा स्कटल्यान्डले नेपालसामु २ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४३ रन बनाएको हो ।
स्कटल्यान्डका ओपनर जर्ज मुन्सी र फिन्ले म्याकक्रेथले पहिलो विकेटका लागि १ सय १४ रनको साझेदारी गरे । स्कटल्यान्डका लागि माइकल इंग्लिसले ३४ रनको अविजित इनिङ खेल्दा माइकल लिस्कले २९ रन बनाए । त्यस्तै म्याथ्यु क्रसले १८ रन बनाउँदा मार्क वाटले २४ रन बनाएका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिँदा करण केसी र नन्दन यादवले समान २ विकेट लिएका थिए । टियू मैदान कीर्तिपुरमा नेपाल जवाफी ब्याटिङ गर्दै छ।
प्रतिक्रिया