काठमाडौं । दक्षिण एसियाली भारोत्तोलन महासंघको महासचिवमा नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकुमार श्रेष्ठ ९बोस० विजयी भएका छन् । भारतको अहमदाबादमा यही जेठ २९ गते भएको निर्वाचनबाट श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन् ।
५ सदस्यीय कार्यसमितिको लागि निर्वाचनबाट महासंघको अध्यक्षमा भारतीय भारोत्तोलन संघका अध्यक्ष समेत रहेका सहदेव यादव, प्रथम उपाध्यक्षमा माल्दिभ्सका अब्राहिम हमिद, उपाध्यक्षमा श्रीलंका भारोत्तोलन महासंघका अध्यक्ष शंक रत्नायके, सदस्यमा सहारिया सुल्ताना विजयी भएका हुन् ।
नयाँ कार्यसमितिले प्रमुख कार्यकारी अधिकृत सीईओको रूपमा सविना यादवलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया