+
Search

ताजा अपडेट +

पपुलर +

विश्वकप लिग २ मा नेपाललाई अमेरिकाले दियो १ सय ९६ रनको लक्ष्य

शब्द-यात्रा
२०८३ जेठ २, शनिबार

काठमाडौँ । आईसीसी विश्व कप लिग–२ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले १९५ रन बनाउँदै नेपालसामु १९६ रनको लक्ष्य प्रस्तुत गरेको हो।

त्रिवि क्रिकैट मैदानमा शनिबार जारी खेलमा अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९५ रन मात्र बनाउन सफल भयो। अमेरिकाका लागि ओपनर सुमित पटेलले ८३ रन बनाउँदा सेहान जयसूर्यले ५० रनको अर्धशतकीय इनिङ खेले। यी दुईबाहेक मिलिन्ड कुमारले २८ रन बनाउँदा हर्मित सिंहले १४ रन बनाए।

नेपालका दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए भने सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले समान १ विकेट लिए ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा