+
Search

ताजा अपडेट +

पपुलर +

एनपिएलः

पोखराले जनकपुरलाई दियो १ सय ५६ रनको लक्ष्य

शब्द-यात्रा
२०८२ मंसिर ११, बिहीबार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले साविक विजेता जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य अघि सारेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन जोड्यो। टोलीका लागि सुमित वर्माले प्रभावशाली ५० रनसहित अर्धशतक प्रहार गरे।

दिनेश खरेलले ३८ रन, एडम रोसिङ्गटनले २४ रन र त्रितराज दासले २९ रनको योगदान दिए।

बलिङतर्फ जनकपुरका सञ्चय कृष्णमुर्तीले ३ विकेट लिए भने ललित राजवंशी र अनिल शाहले पनि १-१ विकेट हात पारे।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा