काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लाग्दै साढे २ लाख रुपैयाँ नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ निर्धारण गरेको छ, जुन अघिल्लो दिनभन्दा २ हजार २ सय रुपैयाँ बढी हो।
गत सातादेखि सुनको मूल्य निरन्तर बढिरहेको छ। एक हप्तामा मात्र सुन प्रतितोला करिब ९ हजार रुपैयाँ बढेको छ। गत शुक्रबार प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ मा कारोबार भएको सुन अघिल्लो रेकर्ड २ लाख ५८ हजार रुपैयाँ (असोज ३१) नजिक पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि उच्च बिन्दुमा पुगेको छ। महासंघले शुक्रबारका लागि चाँदी प्रतितोला ३३४५ रुपैयाँ तोकेको छ, जुन असोज ३१ गते बनेको ३३५० रुपैयाँ को रेकर्डभन्दा मात्र ५ रुपैयाँ कम हो।
प्रतिक्रिया