+
Search

ताजा अपडेट +

पपुलर +

पुटिनलाई मोदीले उपहारमा दिए भागवत गीता र चाँदीको घोडा

शब्द-यात्रा
२०८२ मंसिर २०, शनिबार

भारत भ्रमणमा आएका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भ्रमण सकेर शुक्रबार अबेर राति स्वदेश फर्किएका छन् ।

मन्त्रीहरूको टोलीसहित बिहीबार साँझ दिल्ली आइपुगेका पुटिन २७ घण्टा भारत बसाइपछि रुस फर्किएका हुन् ।

पुटिन शुक्रबार राति करिब १० बजे रुस फर्किएका हुन् । उनले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरेका छन् । उनले व्यापारिक मञ्चलाई सम्बोधन गरेका थिए ।

पुटिनको भ्रमणलाई भारतले विशेष महत्त्व दिएको थियो । पुटिनलाई भारतीय राष्ट्रपतिको भवन परिसरमा शुक्रबार बिहान २१ तोपको सलामी दिँदै स्वागत गरिएको थियो । त्यसपछि उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो ।

पुटिनका लागि आयोजना गरिएको भिन्नभिन्न कार्यक्रममा मोदीलगायतले विभिन्न उपहारहरू प्रदान गरेका थिए । मोदीले पुटिनलाई चाँदीको चिया सेट, असमको राम्रो कालो चिया, भागवत गीता, कश्मीरी केसर, मार्बल चेस सेट, चाँदीको घोडालगायतका आकर्षक उपहार दिएका छन् ।

New Delhi, Dec 05 (ANI): A gift given by Prime Minister Narendra Modi to Russian President Vladimir Putin, an Ornate silver tea set, the ornate Murshidabad silver tea set, in New Delhi on Friday. (ANI Photo)

New Delhi, Dec 05 (ANI): A gift given by Prime Minister Narendra Modi to Russian President Vladimir Putin, Marble chess set- a handcrafted marble chess set from Agra, in New Delhi on Friday. (ANI Photo)

New Delhi, Dec 05 (ANI): A gift given by Prime Minister Narendra Modi to Russian President Vladimir Putin, Kashmiri Saffron, locally known as Kong or Zaffran, cultivated in Kashmir, in New Delhi on Friday. (ANI Photo)

New Delhi, Dec 05 (ANI): A gift given by Prime Minister Narendra Modi to Russian President Vladimir Putin, a Silver Horse- the handcrafted silver horse from Maharashtra, in New Delhi on Friday. (ANI Photo)

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा