काठमाडौँ जनता समाजवादी पार्टी (जसपा) का समानुपातिक उम्मेदवारसहित केन्द्रीय सदस्यसहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
जसपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार नानु थामी र केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुस्मिता थापामगरसहितका नेताहरू आइतबार कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेसमा प्रवेश गर्नेहरूमा जसपा बागमती प्रदेश सदस्य सुवास तामाङ, गण्डकी प्रदेश समिति सदस्य फुलमाया पुन, नवलपरासी जिल्ला सचिव कुलबहादुर थापामगर, जिल्ला कोषाध्यक्ष नानीमाया महतो, जिल्ला सदस्यहरू ज्ञानेन्द्र पुन, टिकाराम माझीसहित नवलपरासीका ४२ जना जिल्ला स्तरीय नेता कार्यकर्ताहरू रहेका छन् । आइतबार उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस पार्टी कार्यालय बीपीनगर सानेपामा नवप्रवेशी नेताहरूलाई स्वागत गरेका छन् ।
प्रतिक्रिया