+
Search

ताजा अपडेट +

पपुलर +

चर्कियो इरान-अमेरिका तनाव: मारिए ३ अमेरिकी सैनिक, ५ गम्भीर घाइते

शब्द-यात्रा
२०८२ फागुन १८, सोमबार

इरानले अमेरिकी विमानवाहक युद्धपोतलाई लक्षित गरी गरेको आक्रमणमा तीन अमेरिकी सैनिक मारिएको दाबी अमेरिकाले गरेको छ। अमेरिकी सेनाका अनुसार उक्त घटनामा पाँच जना सैनिक गम्भीर घाइते भएका छन्। तर इरानले भने अमेरिकी युद्धपोतलाई निशाना बनाएको आरोप अस्वीकार गरेको छ।

यसैबीच, इजरायल डिफेन्स फोर्सेस ले इरानको आन्तरिक सुरक्षा बलको मुख्यालय ध्वस्त पारिएको जनाएको छ। इरानी आक्रमणका क्रममा आश्रयस्थलतर्फ दौडिने क्रममा १०२ वर्षीया एक वृद्ध गम्भीर घाइते भएको इजरायली पक्षले जनाएको छ।

तनाव बढ्दै गएपछि इजरायली विमान सेवा कम्पनीहरूले मंगलबारसम्म बेन गुरियन विमानस्थल मा उडान नगर्ने बताएका छन्।

यसै सन्दर्भमा बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्ज ले आइडिएफ प्रमुख इयाल जमिर तथा मोसाद प्रमुख डेभिड बर्नेयासँगको बैठकपछि इरानविरुद्धको आक्रमण अझ तीव्र बनाइने बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा