+
Search

ताजा अपडेट +

पपुलर +

इरानलाई ट्रम्पको धम्की: युद्ध अन्त्य गर्ने सहमति नभए ऊर्जा पूर्वाधार ध्वस्त पार्छौँ

शब्द-यात्रा
२०८२ चैत १७, मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन्। उनले युद्ध अन्त्यका लागि सहमति नभए र स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा नआए अमेरिकाले इरानका ऊर्जा केन्द्रहरूमा आक्रमण गर्न सक्ने बताएका हुन्।

ट्रम्पले इरानका विद्युत् उत्पादन केन्द्र र तेलका कुवाहरूलाई निशाना बनाउन सकिने चेतावनी दिएका छन्। यद्यपि, ह्वाइट हाउसकी प्रेस सचिवले अमेरिकी सेना कानुनअनुसार नै परिचालन हुने स्पष्ट पारेकी छन्।

उता, अन्तर्राष्ट्रिय मामिलाका विज्ञहरूले भने नागरिक पूर्वाधारमाथि आक्रमण गर्नु युद्ध अपराधको रूपमा व्याख्या हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्।

इरान र अमेरिकाबीच तनाव चुलिँदै जाँदा कुनै कूटनीतिक सहमति नदेखिएको छ। दुवै पक्षबाट कडा अभिव्यक्ति जारी रहँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ। सोमबार कच्चा तेलको मूल्य बढेर प्रति ब्यारेल ११५ डलर पुगेको थियो।

अमेरिकामा पनि कच्चा तेलको भाउ जुलाई २०२२ यताकै उच्च स्तरमा पुगेको छ, जहाँ प्रति ब्यारेल मूल्य १०० डलर नाघेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा