+
Search

ताजा अपडेट +

पपुलर +

आज विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस मनाइँदै

शब्द-यात्रा
२०८३ बैशाख २५, शुक्रबार

आज ‘मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस मनाइँदैछ । विश्वभर विविध कार्यक्रमकाे आयाेजना गरि याे दिवस मनाउन लागिएकाे हाे ।

यस दिवसकाे अवसरमा जारी सन्देशमा जटिल र विभाजित बन्दै गएको विश्वमा रेडक्रस तथा रेड क्रिसेन्टका स्वयंसेवक र कर्मचारीले बाहिरी व्यक्तिका रूपमा नभई समुदायकै सदस्यका रूपमा सहानुभूति, आशा, सम्मान र सहयोग प्रदान गर्दै आएको बताइएको छ ।

मानवीय सेवामा समर्पित हुँदै ज्यान गुमाएकाहरुको स्मरण गर्दै निष्पक्ष, स्वतन्त्र र तटस्थ मानवीय सहयोग आवश्यकता रहेकाले सबैसम्म पुगोस् भन्ने आह्वान सहित याे दिवस मनाउन लागिएकाे छ । यसअघि प्रथम विश्वयुद्धपछि विश्वभर शान्तिका लागि साझा अभियान सञ्चालन गर्ने अवधारणासहित विश्व रेडक्रस दिवस मनाउने अवधारणा अघि सारिएको थियो ।

पहिलो पटक सन् १९४८ मे ८ मा यो दिवस मनाइएको याे दिवस पछि सन् १९८४ देखि ‘विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस’का रूपमा मनाउन थालिएको हो । त्यस्तै मे ८ लाई अन्तर्राष्ट्रिय रेडक्रस समितिका संस्थापक तथा नोबेल शान्ति पुरस्कारका पहिलो विजेता हेनरी ड्युनाको जन्मजयन्तीका अवसरमा यो दिवस मनाउने निर्णय भएको अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्टले जनाएको छ ।

रेडक्रस तथा रेड क्रिसेन्टले विपद्, युद्ध, महामारी तथा मानवीय संकटका समयमा आफ्ना स्वयमसेवक मार्फत सेवा प्रदान गर्दै आइरहेकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा