महोत्तरीको बर्दिबास क्षेत्रका भूमिहीन सुकुमबासी, दलित तथा अव्यवस्थित बसोबासीहरूले आन्दोलन सुरु गरेका छन् ।
सरकारले सार्वजनिक उपयोगका लागि भन्दै जग्गा खाली गराउने प्रक्रिया अघि बढाएपछि उनीहरूले आन्दोलन सुरु गरेका हुन् ।
सरकारी, ऐलानी तथा सार्वजनिक जग्गाबाट बस्ती हटाउने सरकारी तयारीको विरोधमा वर्षौँदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय बासिन्दा आन्दोलित बनेका हुन् । आन्दोलनकारीहरूले आफूहरूलाई वैकल्पिक व्यवस्थाविना हटाउने प्रयास अमानवीय र अन्यायपूर्ण भएको आरोप लगाएका छन् ।
प्रतिक्रिया