काठमाडौँ । इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको भन्दै परराष्ट्र मन्त्रालयले दिएको गलत सूचनाप्रति मन्त्रालयले माफी मागेको छ।
मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाली नागरिक झा रिहा भएको भन्ने सूचनाले अन्योल सिर्जना भएको भन्दै माफी मागेको हो। उनको मुद्दा इरानको अदालतमा विचाराधीन रहेको मन्त्रालयले जनाएको छ। परराष्ट्रले यसअघि झा रिहा भइसकेको जानकारी गराएको थियो।

प्रतिक्रिया