करोडाैँको इलेक्ट्रिक चुरोट (भेप)सहित एक जना पक्राउ परेका छन् । काठमाडौँको खिचापोखरीबाट करिब ६ करोड रुपाैयाँ बराबरको भेपसहित एक जना पक्राउ परेका हुन् ।
इलेक्ट्रिक चुरोट (भेप)सहित पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३२ वर्षीय नवीन खड्का रहेकाे प्रहरीले जनाएकाे छ ।
खड्कालाई विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनलाई प्रहरीकाे टोलीले सोमबार राति ६ बजे पक्राउ गरेको बताइएकाे छ ।
प्रतिक्रिया