वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई प्रहरीले सोमबार पर्सा जिल्ला अदालत परिसरबाट सोधपुछका लागि पक्राउ गरिएकाे छ । प्रहरीका अनुसार उनलाई मेयर सिंहसम्बन्धी विषयमा जानकारी लिन लगिएकाे हाे ।
मेयर सिंहविरुद्ध नागरिकता लिखतसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतले गत जेठ १२ गते पक्राउ पुर्जी जारी गरेको थियो। सोही विषयमा कानुनी प्रक्रिया बुझ्न अदालत पुगेका घिमिरेलाई प्रहरीले सोधपुछका लागि लगेका हुन्।
मेयर सिंहमाथि रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नै छोरी देखाएर फर्जी जन्मदर्ताका आधारमा नागरिकता बनाउन सहयोग गरेको आरोप छ। यस मुद्दामा अदालतले मेयर सिंह, रिता भट्टराई तथा तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
सरकारी कागजात तथा नागरिकता किर्तेसम्बन्धी उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो। पक्राउ पुर्जी जारी भएपछि मेयर सिंह अदालतमा उपस्थित भइसकेका छन् र न्यायिक प्रक्रियामा सहयोग गर्ने बताएका छन्।
प्रतिक्रिया