+
Search

ताजा अपडेट +

पपुलर +

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म पार्किङ शुल्क नलाग्ने

शब्द-यात्रा
२०८३ जेठ २२, शुक्रबार

काठमाडौँ  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ।

विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्‍याउन तथा लिन आउने सवारीसाधनको आवश्यकतालाई हेरेर ‘पिक एण्ड ड्रप’ गर्दा १५ मिनेटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको हो।

यसअघि सात मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने गरेकोमा उक्त समय अपुग भएको भन्दै थप सहजताका लागि समय बढाइएको उनले बताए।

 

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा