काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमण जाने भएका छन्। खनालनिकट स्रोतका अनुसार उनी यही जेठ ३१ गते चीन भ्रमण जान लागेका हुन् ।गत शुक्रबार भारत गएका परराष्ट्रमन्त्री खनाल आइतबार फर्किएका थिए। उनी भारतबाट फर्केको केही दिनमै चीनतर्फ जान लागेका हुन्।
उनले असार १ र २ गते चीनका विदेशमन्त्री वाङ यी तथा चिनिँया कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्ने कार्यसूची छ।
आर्थिक सहायता, दुई देशबीचको सम्बन्ध अर्थनीति लगायत विषयमा कुराकानी हुने बताइएको छ। दुई देशबीचको पारस्परिक सम्बन्ध र व्यापार सम्बन्धमा पनि परराष्ट्रमन्त्री खनालले उच्च तहको भेटवार्ता गर्ने स्रोतको दाबी छ। उनी जेठ ३१ गते चीन गएर असार ३ गते फर्किने कार्यसूची छ।
प्रतिक्रिया