काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) बुधबार २.५७ अंकले बढेर २ हजार ७३६.१७ विन्दुमा पुगेको छ। मंगलबारको तुलनामा नेप्से ०.०९ प्रतिशतले बढेको हो। लगातार चार कारोबार दिन घटेको बजार बुधबार सामान्य सुधारसहित बन्द भएको छ।
आज कारोबारमा सहभागी कम्पनीहरूमध्ये १२७ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।
बुधबार ४९ हजार २४८ पटकको कारोबारमा ९२ लाख ८३ हजार ३२६ कित्ता सेयर खरिदबिक्री भएको छ। कुल कारोबार रकम ४ अर्ब २९ करोड ७४ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको ६ अर्ब ४४ करोड ३१ लाख रुपैयाँको कारोबारभन्दा कम हो।
कारोबारमा आएका १३ उपसमूहमध्ये लगानी, जीवन बीमा, निर्जीवन बीमा, व्यापार र अन्य उपसमूहका परिसूचक घटेका छन्। होटल तथा पर्यटन, जलविद्युत्, विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधनलगायत अन्य उपसमूहमा वृद्धि हुँदा समग्र नेप्से सकारात्मक बनेको हो।
यस दिन बैंकिङ उपसमूहको परिसूचक भने स्थिर रहेको थियो।
प्रतिक्रिया