+
Search

ताजा अपडेट +

पपुलर +

सामुदायीक विद्यालयमा निःशुल्क स्वास्थ्य सेवा प्रदान

शब्द-यात्रा
२०८३ असार ३, बुधबार

कन्चनपुर जिल्लाकाे सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ । जिल्लाकाे दाेधारा चादँनी नगरपालिकाकाे ७ वटा विद्यालयका १ हजार ८ सय ९ जना विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको हाे ।

दुर्गम जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीहरु स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेकाे र उनिहरुलाई लक्षित गर्दै स्वास्थ्य कार्यालय कञ्चनपुरले नाक, कान, घाँटी, दात र आँखा विशेषज्ञ स्वास्थ्य निःशुल्क शिविर सञ्चालन गरेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका निरीक्षक सिद्धराज भट्टले विद्यालयमै पुगी विशेषज्ञ चिकित्सकद्वारा नाक, कान तथा घाँटीसम्बन्धी रोगको परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण र उपचार गरिएको जनाएका छन् । शिविरमा आखाँको १५५ नाक, कान र घाँटीको ४३७ र दातको १४९ जनाको समस्या पहिचान गरि निःशुल्क उपचार गरिएको थियाे ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा