फिफा विश्वकप-२०२६ अन्तर्गतको समूह ’के’ को अन्तिम खेलमा कोलोम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेल्दै अंक बाँडेर नकआउट चरणमा प्रवेश गरेका छन् । मियामी स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोली गाेल रहित बराबरीमा सकिएकाे हाे ।
दुवै टोली यसअघि नै अन्तिम ३२ (नकआउट चरण) मा पुग्न सफल भइसकेका छन् । पोर्चुगललाई समूहको शीर्ष स्थानमा रहन जित आवश्यक रहेकाेमा बराबरीले उसलाई दोस्रो स्थानमा खुम्च्याएको छ ।
साेहि समूहको अर्को खेलमा प्रजातान्त्रिक गणतन्त्र कंगोले उज्वेकिस्तानमाथि ३–१ को गाेल सहित विजयी बनेर नकआउट चरणमा स्थान बनाउन सफल भएकाे छ । कंगो विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणमा स्थान बनाउन सफल भएकाे हाे । सुरुवातमा पछि परेको कंगोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको थियाे ।
यो ऐतिहासिक जितसँगै कंगोले अब अन्तिम ३२ मा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ भने उज्वेकिस्तान फिफा विश्वकप-२०२६ प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतिक्रिया