राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण गर्न लागिएकाले आज र भाेलि दुई दिन सेवा बन्द हुने भएकाे छ । राहदानी विभागका अनुसार सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागिएकाले दुई दिन बन्द गर्न लागिएकाे हाे ।
विभागले एक सूचना जारी गर्दै हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले आज असार २५ र भाेलि २६ गते (जुलाई ९ र १०) का दिन राहदानीसम्बन्धी सेवा बन्द रहने जानकारी गराएकाे छ ।
विभागले यसअघि असार १९ गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका लागि दुई दिन सेवा अवरुद्ध हुने जानकारी गराएको थियो । विभागले राहदानीसम्बन्धी अन्य सेवा बन्द भएपनि विभागमा तयार भएका राहदानी वितरण गरिने जनाएको छ ।
जसअनुसार मोबाइलमा राहदानी संकलनका लागि म्यासेज प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी संकलन गर्नसक्ने पनि विभागले जानकारी गराएको छ ।
प्रतिक्रिया