+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो चरणको वार्ता सकियाे, सम्झौता नभएसम्म वार्ता र संघर्ष जारी रहने

शब्द-यात्रा
२०८३ असार ३२, बिहीबार

मिटरब्याज पीडित र सरकारबीचको तेस्रो चरणको वार्ता भएपनि सम्झौता नभएसम्म वार्ता र संघर्ष जारी रहने मिटरब्याज पीडितहरूले जनाएका छन् । हिजाे साँझ तेश्राे चरणकाे वार्ता भएकाे र सरकारी वार्ता टाेलिले आन्दोलन स्थगित गरेर काठमाडौं जान सर्त अघि सारेपछि पीडितले सम्झौता नभएसम्म वार्ता र संघर्ष जारी रहने जनाएका हुन् ।

बाराको निजगढमा हिजाे भएकाे वार्ता मध्यराति सहमति बिनै टुंगिएको छ । सरकारी वार्ता टोलीको नेतृत्व गरेका गृहमन्त्री सुधन गुरुङले सहमति भन्दा पहिला नै आन्दोलन स्थगित गर्न आग्रह गरे पनि पीडितहरूले लिखित सहमति बिना आन्दोलन रोक्न अस्विकार गरेका थिए ।

वार्तामा कुनै सहमति नभएकाे र वार्ता असफल भएकाले आन्दोलन जारी राखेकाे मिटरब्याज पीडितहरूले जनाएका छन् । उता पीडितका सबै माग स्वीकार गर्ने तर केही भाषा सच्याउनुपर्ने भएकाले वार्ता टोली गठन गर्ने सरकारी टोलीले प्रस्ताव गरेकोमा अन्तिम सम्झौता काठमाडौंमा गर्नेगरी सरकारी पक्षबाट प्रस्ताव भएको वार्तामा सहभागी पीडित पक्षले जनाएकाे छ ।

मिटरब्याज पीडित संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहका अनुसार आन्दोलन स्थगित नगरि सम्झौता नभएसम्म वार्ता र संघर्ष सँगसँगै जाने बताएका छन् । लिखित सम्झौतामा हस्ताक्षर नभइ घर नफर्कने पीडितहरूको मत रहेकाे छ ।

जनकपुरबाट मिटरब्याज पीडितहरू आफ्ना माग अघि सार्दै पैदल हिँडेर काठमाडौंको यात्रामा रहेका छन् भने गृहमन्त्री सुधन गुरुङ उनीहरूलाई भेट्न बारा पुगेका थिए । गृहमन्त्री गुरुङ आफैं सहभागी भएर दुई चरणको वार्ता गरेपनि मिटरब्याज पीडितहरूसँग सहमति भने जुट्न सकेको छैन ।

मिटरब्याज पीडितहरूले हस्ताक्षर भएको मितिदेखि सम्झौता लागू हुने भएकोले हस्ताक्षर पछि मात्रै आन्दोलन स्थगित गर्ने अडान राख्दै गृहमन्त्री गुरुङले स्वीकार गरेको सहमति पत्र जस्ताको तस्तै हस्ताक्षर गरी आधिकारिक मान्यता दिनुपर्ने पीडित पक्षकाे माग रहेकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा