+
Search

ताजा अपडेट +

पपुलर +

सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

शब्द-यात्रा
२०८३ साउन ११, सोमबार

गएराति सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि आज स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । सुनसरीको दक्षिण क्षेत्रमा रहेका ५ स्थानमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरिएकाे सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जनाएका छन् ।

सुनसरीको दक्षिण क्षेत्रमा रहेका पाँच बजारमा बिहान ७ बजेदेखि कर्फ्यू लागू भएको र कर्फ्यु जारी भएको समयमा हिँडडुल गर्न भेला, जुलुस, सभा गर्न रोक लगाइएको छ । बिहान कप्तानगन्जको अवस्था सामान्य भएपनि थप दुर्घटना हुननदिन स्थानीय प्रशासनले हरिनगरा बजार क्षेत्र, भुटाहाको बजार क्षेत्र, कप्तानगन्जको बजार क्षेत्र, घुस्कीको बजार क्षेत्र र देवानगञ्ज बजार क्षेत्रमा अर्काे सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

दुई समूहबीच उत्पन्न विवाद झडपमा परिणत हुँदै हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन राति प्रहरीले गोली चलाएको थियो । झडपपछि राति करिब १२ बजे सुरक्षा समितिको बैठक बसेको र राति साढे १२ बजे प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले आज बिहान ७ बजेबाट लागु हुनेगरी कर्फ्यु आदेश जारी गरेका थिए ।

स्थानीय प्रशासनले हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका क्षेत्रभरी नै निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा