+
Search

ताजा अपडेट +

पपुलर +

निर्मल पुर्जाकाे निधनमा अन्नपूर्ण गाउँपालिकामा शोक बिदा

शब्द-यात्रा
२०८३ साउन १७, आइतबार

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’को निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिने निर्णय गरेको छ ।

पाकिस्तानस्थित ब्रड पिक हिमाल आराेहणका क्रममा हिमपहिरोमा परी पुर्जाकाे निधन भएपछि उनको जन्मस्थल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा दिने निर्णय गरेको हाे ।

गाउँपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक गाउँपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा सोमबार शोक बिदा रहने जनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाले दिवंगत पर्वतारोही पुर्जाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको सम्मानमा शोक बिदा दिइएको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

शब्द-यात्रा